पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना संक्रमणमुक्त, संक्रमित र मृत्यु हुने कति ?

0
Shares

नेपाल स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ४० हजार ९५५ जनाले कोभिड संक्रमणलाई पराजित गरेका छन् । जुन कुल संक्रमित ५ लाख ५७ हजार १२४ को ७९.२० प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड संक्रमणका कारण नेपालमा हालसम्म ७ हजार २७२ जनाले मृत्युवरण गरेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३हजार ७०२ र १ हजार ७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४ हजार ३६९ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १६ जेष्ठ २०७८, आइतबार  १८ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।