प्रभु बैंकले गत जेठ ११ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ ।
बैंकको ऋणपत्र खरिदका लागि छिटोमा जेठ १६ गतेसम्म आवेदन दिने समय तोकिएकोमा सो अवधिमा ऋणपत्रका लागि आवश्यक आवेदन नपरेपछि निष्काशन अवधि जेठ २६ गतेसम्म लम्बिएको छ।

बैंकले १० वर्ष अवधिको चार अर्ब रुपैयाँ बराबरकोे डिबेन्चर बिक्रीमा ल्याएको छ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब रुपैयाँ बराबरको १० वर्षे ’प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र निष्काशन गरेको हो
कुल ४० लाख कित्ता ऋणपत्रमध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । चार अर्ब रुपैयाँको ऋणपत्रमध्ये दुई अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने लागेको हो ।
यस्तै बैंकले एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई छुट्याएकोमा २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानीकोषलाई बिक्री गर्नेछ। बाँकी रहेको एक अर्ब ६७ करोड ७५ लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।
लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । प्रभु बैंकले वैशाख ६ गते ऋणपत्र जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया