.png)
यस साताको सुरुवातसँगै सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।
नेपाली बजारमा सोमबार पनि सुनचाँदी मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार २ सय रुपैयाँ, तेजावी ९३ हजार ७ सय रुपैयाँ र चाँदीको भाउ १ हजार ३६० रुपैयाँ कायम गरिएको छ ।
आइतबार पनि प्रतितोला सुन २०० रुपैयाँले बढेर छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ, तेजावी ९३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया