राष्ट्र बैंकद्धारा नारायणी डेभलपमेन्ट बैंकको प्रस्तावित हकप्रदमा आधा कटौती

0
Shares

नेपाल राष्ट्र बैंक (NABBC) ले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिले अनुमति मागेको हकप्रदलाई आधा घटाएर निष्काशनका लागि  स्वीकृति दिएको छ । 

बैंकले सञ्चालक समितिबाट प्रस्ताव गरी साधारण सभा मार्फत चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति राष्ट्र बैंकसँग मागेको थियो । 

बैंकले साधारण सभाबाट पारित गरी २०० प्रतिशत हकप्रद बिक्रीके अनुमति मागेपनि केन्द्रीय बैंकले जेठ २० गते शतप्रतिशत (एक बराबर एक अनुपातमा) मात्र हकप्रद जारी गर्न अनुमति दिएको हो ।

राष्ट्र बैंकको स्वीकृतिपछि अब बैंकले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हकप्रद जारी गर्ने अनुमति लिने प्रकृया अगाडि बढाउनेछ ।

बैंकको २०७७ माघ १६ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ १ः२ अनुपातमा हकप्रद निष्कशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

चुक्ता पूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ रहेको बैंकले यसअघि माघ १३ गतेदेखि फागुन ३ गतेसम्म १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर जारी गरेर पूँजी वृद्धि गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७८, शुक्रबार  १४ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।