सुनको मूल्य आइतबार तोलामा ७०० रुपैयाँले महङ्गियो

0
Shares

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन प्रतितोला ७०० रुपैयाँ र चाँदीको भाउ १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबार लागि छापावाला सुनको भाउ तोलाको ९४ हजार १०० रुपैयाँ तेजावी ९३ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३५० रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ, तेजावी ९२ हजार ९०० रुपैयाँ र चाँदी १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको भाउ तोलाको १ हजार ५०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार बढेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २३ जेष्ठ २०७८, आइतबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।