नेपाल प्रहरीले साढे १३ लाख नगद सहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका–२२ पाको न्यूरोड बस्ने अजय श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुका साथबाट नगद १३ लाख ४३ हजार रुपैयाँ, ३२ थान कौडा र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोज्दा घाइते भएका १ जनाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया