
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।
सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि लघुवित्तले क्रेडिट रेटिङ्ग गराएको हो ।
बीबी प्लस रेटिङ प्राप्त कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन । ऋणपत्रको रेटिङले कम्पनीको कुनै धितोपत्र खरीद, बिक्री वा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउँदैन। साथै, यो कुनै मूल्य निर्धारण वा सूचीकृत मूल्य बारेको टिप्पणी पनि होइन ।
रेटिङ वर्ग ‘एए’ देखि ‘सी’ सम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइन (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । यसको अर्थ बीबीब प्लसको स्थिति बीबीबीभन्दा एक चिह्नमाथि रहन्छ । जब कि बीबीबी माइनसको स्थिति बीबीबीभन्दा एक चिन्ह तल रहन्छ ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा १०० रुपैयाँ अंकित दरमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्ने तयारीका साथ साधारण सभाबाट प्रस्ताव पारित गरेको छ ।
आईपीओ निष्काशनका लाथि लघुवित्तले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया