मल्टीपर्पस फाइनान्स कम्पनी (MPFL) ले साधारण सभा तथा बुकक्लोजको मिति तोकेको छ ।
कम्पनीको सञ्चालक समितिको जेठ २१ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको ३७२ औ बैठकले आगामी असार ६ गते बिहान ११ बजे कम्पनीको २३ औं सभा डाकेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ २४ गते सोमबार शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने भएको छ ।
यसअनुसार बुकक्लोज भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७२/७३ यता चार वर्षमा शेयरधनीलाई कुनैपनि लाभांश वितरण गर्न सकेको छैन ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया