तीस लाख ७६ हजार नगद सहित २ जना प्रहरी नियन्त्रणमा

0
Shares

भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ३० लाख ७६ हजार रुपैयाँ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई रौतहटको परोहा नगरपालिका–९ रामपुरखापबाट बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी घोडासन बस्ने २२ वर्षीय बन्टी कुमार कलवार र सोही ठाउँ बस्ने २० वर्षीय सुरज कलवार रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०७८, बुधबार  १७ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।