जीवन विकास लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको छ ।
बोर्डले कम्पनीलाई सर्वसाधारणका लागि १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्न जेठ ३० गते अनुमति दिएको हो ।

यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीले जम्मा पूँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो ।
संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।
यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल चुक्ता पूँजी ४१ करोड ६ लाख ७० हजार रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ । आईपिओ निष्काशनपछि संस्थाको चुक्ता पूँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया