
नेपाल बैंक लिमिटेडले नेपाल बैंक ऋणपत्र २०७८ को रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्ती गरेको गरेको छ ।
नेपाल बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङ बीच बैशाख २२ गते ऋणपत्रको रजिष्ट्रार नियुक्ती सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार नेपाल बैंक ऋणपत्र २०७८ को कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामासारी, रोक्का राख्ने लगायतका सम्पूर्ण काम नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायाणचौर नक्साल मार्फत हुनेछ ।
नेपाल बैंकले वैशाख २२ गतेदेखि ३१ गतेसम्म ८.५० प्रतिशत ब्याजदरमा साढे ३ अर्बको ऋणपत्र बिक्री गरेको थियो । दश वर्ष अवधिको रहेको उक्त ऋणपत्र जेठ ९ गते बाँडफाँड भएको थियो ।
बैंकले कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई तथा २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई बिक्री गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया