नेप्सेमा १५ अर्बको विकास ऋणपत्र सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा असार २ गते बुधबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गरेको ४.७९ प्रतिशत विकास ऋणपत्र २०८३ “घ” सोमबार धितोपत्र सूचीकरण विनियमावली २०७५, को विनियम ८ बमोजिम नेप्सेमा सूचीकृत भएको हो ।

दीर्घकालीन आन्तरिक ऋण उठाने प्रयोजनका लागि राष्ट्र बैंकले ५ वर्ष अवधिको उक्त विकास ऋणपत्र जेठ १३ गते निष्काशन गरेको थियो ।

उक्त ऋणपत्र खरीद गरेका लगानीकर्ताले अर्धवार्षिक रुपमा ४.७९ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् । उक्त विकास ऋणपत्र २०८३ जेठ १३ गते परिपक्क हुनेछ भने विकास ऋणपत्रको लगानीकर्ताले सोही समय साँवा तथा अन्तिम किस्ता वापतिको ब्याज भुक्तानी पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ असार २०७८, बुधबार  १३ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।