
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८२८ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार २२ जनामा गरिएको परीक्षणमा पीसीआर परीक्षणबाट ८ हजार ६८७ जनामा २ हजार १४ जना र ४ हजार ३३५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१४ गरी कुल २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३ हजार ८२ जना संक्रमण मुक्त बनेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ५२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया