फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक शेयरमा आजदेखि लिलामी बोलपत्र पेश गर्न सकिने भएको छ ।
कम्पनीको संस्थापक शेयरधनी आरएमडीसी लघुवित्तको नाममा रहेको उक्त संस्थापक शेयर लघुवित्तले बिहीबारदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्ने इच्छुक विद्यमान संस्थापक शेयर लगायत जो कोहीले असार ३ गतेबाट असार १७ गते बैंकिङ समय भित्र बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य ८५० रुपैयाँ तोकिए हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्ने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।
बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तका लागि आवेदन दिनु पर्नेछ । सनराइज क्यापिटल कमलपोखरी काठमाण्डौबाट बोलपत्र आवेदन प्राप्त गर्न तथा बुझाउन सकिनेछ ।










प्रतिक्रिया