प्रशासकीय अधिकृतसँग १५ लाख फिरौती माग्ने कार्यालय सहयोगी पक्राउ

0
Shares

नेपाल प्रहरीले बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी सुवर्ण गाउँपालिका–४ हर्दिया टोलका २८ वर्षीय मुकेश प्रसाद यादवलाई बुधबार पक्राउ गरेको हो ।

२८ वर्षीय मुकेशले उक्त रकम माग गर्दै १ घण्टाभित्र नदिएमा गोली समेत प्रहार गरी हत्या गरी दिन्छु भनि पटक÷पटक फोन तथा मेसेज गरेका थिए ।

उक्त अडियो सहितको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यादव उपर अपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ असार २०७८, बिहिबार  १६ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।