गरिमा विकास बैंकले के. सी. एल अस्ट्यूट क्यापिटलको बहुमत शेयर खरीद गर्ने

0
Shares

गरिमा विकास बैंक (GBBL) ले के. सी. एल अस्ट्यूट क्यापिटलको बहुमत शेयर खरीद गर्ने भएको छ । बैंकले के. सी. एल अस्ट्यूट क्यापिटलको ५१.२० प्रतिशत शेयर खरीद गर्ने भएको हो ।

शेयर स्वामित्व खरीद गर्ने समझदारीपत्रमा शुक्रबार गरिमा विकास बैंकको तर्फबाट गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकाल र के. सी. एल अस्ट्यूट क्यापिटलका तर्फबाट अध्यक्ष दिपक पाण्डेयले हस्ताक्षर गरेका छन् ।

गरिमा विकास बैंकले शेयर लगानी गरेपश्चात के. सी. एल अस्ट्यूट क्यापिटल गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा अगाडि बढाइने भएको छ । यस्तै बैंकको प्रवेशसँगै क्यापिटलको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरिने सहमति भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असार २०७८, शुक्रबार  १७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।