आरएमडीसीको ३ लाख ८६ हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता ४७७ मा बिक्री खुल्यो

0
Shares

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ८६ हजार १९५ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ ।

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको लघुवित्तको उक्त संस्थापक शेयर असार ६ गतेदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याइएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले असार ११ गते बैंकिङ समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७७ रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्ने लगानीकर्ताले न्यूनतम मूल्यदेखि प्रतिस्पर्धी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि लिलामी खुला गरिएको अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

एनआईसी एशिया क्यापिटलको कार्यालयमा बबरमहलबाट बोलपत्र फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७८, आइतबार  ०९ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।