प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको आइतबार सम्पन्न उन्नाईसौं वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

होटेल ईच्छा प्रा.लि. सिमरा, बारामा सम्पन्न भएको सभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

उन्नाईसौं वार्षिक साधारण सभाबाट बोनस पारित भएसँगै निर्जीवन बीमाको कारोबार गर्दै आएको यस कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँ कायम भएको छ । हाल कम्पनीको पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह ‘ख’ अन्तर्गत २ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ । जसमा सञ्चालक शैलेष संघई, र अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन् ।

सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ असार २०७८, सोमबार  ०८ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।