प्रभु सेलेक्ट फण्डको इकाई सूचीकृत, मंगलबारदेखि कारोबार खुल्ने

0
Shares

प्रभु सेलेक्ट फण्डको इकाई मंगलबार (भोलि) देखि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ ।

प्रभु क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष अन्तर्गतको प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख इकाई सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो ।

प्रभु क्यापिटलले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड मार्फत १२ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

नेप्सेले उक्त फण्डको कारोबारका लागि पीएसएफ (PSF) कारोबार संकेत तोकेको छ ।

प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते देखि जेठ ९ गतेसम्म प्रभु सेलेक्ट फण्ड नामक १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको सामुहिक लगानी कोषको इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

उक्त फण्डको इकाई खरीदका लागि रितपूर्वक आवेदन दिएका ८२ हजार १५२ जना सबै आवेदकहरुलाई इकाई बाँडफाँड गरिएको थियो । जसमध्ये, न्यूनतम १०० देखि १० लाख इकाईसम्म माग गर्नेलाई माग अनुसार र १० लाख इकाई भन्दा माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको थियो ।

कुल १० करोड इकाई निष्काशनमा आएकोमा माग भन्दा धेरै आवेदन परेपछि फन्डको आकार २५ प्रतिशतले बढाएर १२ करोड ५० लाख इकाई पुर्याइएको हो ।

सात वर्ष अवधि रहेको रहेको यस बन्दमुखी योजनालाई इक्रा नेपालले एएमसी ३ रेटिङ प्रदान गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ७ असार २०७८, सोमबार  १४ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।