नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक पर्ने दीर्घकालिन अवधिको लागि स्रोत जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो।
राष्ट्र बैंकले नेपाल सरकारको तर्फबाट ६ वर्षे अवधिको लागि ‘विकास ऋणपत्र २०८४च’ बोलकबोल प्रक्रियाद्धारा जारी गर्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार प्रतिस्पर्र्धीहरुलाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८.५ अर्ब र अप्रतिस्पर्धीलाई १५ प्रतिशत अर्थात १.५ अर्ब छुट्याईएको छ । घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् ।
केन्द्रीय बैंकले असार ८ गते मङ्गलबार (भोलि) अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत उक्त विकास ऋणपत्रमा बोलकबोल पेश गर्न सकिने जनाएको छ । उक्त ऋणपत्र यहि असार ९ गते निष्काशन हुनेछ । ऋणपत्रको साँवा भुक्तानी २०८४ असार ९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने समेत राष्ट्र बैंकले जनाएको छ ।
विकास ऋणपत्रमा लगानी गर्नेले पाउने प्रतिफल भने बोलकबोल विधि मार्फत निर्धारण हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्नेछन् ।
ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्र्तगत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै बोलकबोलको रुपमा मात्र भग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकबाट इजाजत प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने बैंकले जनाएको छ ।
साथै, राष्ट्र बैंकले सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागी नेपाल स्टक एक्सचेन्जवाट गर्न सकिने जनाएको छ । विकास ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिन/ दिन पाइनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया