नेपाल पुनर्बीमा कम्पनीको २ अर्ब लाभांश बाँड्ने प्रस्ताव

0
Shares

नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले गत आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीलाई २ अर्ब रुपैयाँ बराबरको लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले चुक्ता पूँजीको १६.५ प्रतिशत बराबरले हुन आउने एक अर्ब ६५ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ३.५ प्रतिशत बराबरको ३५ करोड रुपैयाँ नगद नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित साढे १६ प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समिति र नेपाल सरकारले स्वीकृतिपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी अन्य बीमा कम्पनीहरुको शेयर स्वामित्व रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असार २०७८, मंगलबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।