नीति तथा कार्यक्रमका लागि सुझाव पेश गर्न धितोपत्र बोर्डको अनुरोध

0
Shares


पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमका लागि सुझाव पेश गर्न सरोकारवालालाई अनुरोध गरेको छ ।

बोर्डले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि धितोपत्रको विनिमय तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमको मस्यौदा गर्ने कार्य भईरहेकोले सुझाव पेश गर्न भनेको हो ।

सम्बन्धित सरोकारवालाहरुले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि आफ्नो सल्लाह तथा सुझाव पेश गर्नसक्ने बोर्डले जनाएको छ ।

सम्बन्धित सरोकारवालहरुलाई असार ३० गतेसम्म बोर्डको इमेल ठेगानामा सल्लाह तथा सुझाव पेश गर्न अनुरोध गरेको छ ।

बोर्डबाट बजार सम्बन्धि नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवाल पक्षहरुसँग समेत सुझाव लिई तयार पारिएको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्दै आएको बोर्डले जानकारी दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ असार २०७८, बुधबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।