एशियन लाईफ इन्स्योरेन्स (ALICL) को लिलामीमा आएको संस्थापक शेयरमा आवेदन गर्ने बुधवार अन्तिम दिन रहेको छ ।
महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर असार ३ गतेदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याइएको थियो ।
उक्त संस्थापक शेयर खरी दगर्न चाहने विद्यमान संस्पाकहरु वा जो कोही व्यक्ति,कम्पनी,संघसंस्थाहरुले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६२८ रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धात्मक मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयर खरीद गर्दा आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यस शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया