
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५११ जना र ४ हजार ९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३ हजार ५५८ जना संक्रमण मुक्त बनेका छन् । योसँगै हालसम्म ५ लाख ६८ हजार ४४० जनाले कोरोना संक्रमण जितेका छन् ।
त्यस्तै कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । जसमा पछिल्लो २४ घण्टामा ५२ जना र अन्य समयमा २९ गरी ८१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित मध्य ४९७ जना उपत्यकाका रहेका छन् । जसमा काठमाण्डौका ३४६ जना, ललितपुरका ९४ जना र भक्तपुरका ५७ जना रहेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको मन्त्रालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया