नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयरको बिक्री खुल्यो

0
Shares

नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर शुक्रवार (आज) देखि लिलाम बढाबढमा बिक्रीमा आएको छ ।

प्रिमियम इन्स्योरेन्स कम्पनी (नेपाल) को स्वामित्वमा रहेको कोषको उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ हजार २०० रुपैयाँ तोकिएको छ ।

यसअनुसार इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले कम्पनील न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ ।

उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले असार १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ असार २०७८, शुक्रबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।