आरविवि म्युचुअल फण्ड १ योजनाको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
आरविवि म्यूचुअल फण्ड अन्तर्गत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजनालार्ई बोर्डले असार १० गते बिहीबार फण्डको इकाई बिक्रीका लागि अनुमति दिइएको हो ।
फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग र कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बन्दमुखी प्रकृतिको यो योजनाको समयावधि सात वर्ष रहेको छ ।
फण्डको इकाई निष्काशन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंक रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया