“एनआईबिएल समृद्धि फण्ड २” को इकाई आजदेखि नेप्सेमा कारोबार खुल्यो

0
Shares

“एनआईबिएल समृद्धि फण्ड २” को इकाईको आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार सुरु भएको छ ।

शुक्रबार धितोपत्र विनियमावली २०७५ अनुसार फण्डको १५ करोड इकाई सूचीकृत भएसँगे आजदेखि दोस्रो बजारमा फण्डको इकाई कारोबारमा आएको हो ।

दोस्रो बजारमा कारोबारको लागि उक्त फण्डलाई नेप्सेले एनआइविएसएफटू (NIBSF2) कारोबार संकेत प्रदान गरेको छ ।

क्यापिटलले बैशाख १३ गते देखि १६ गतेसम्म १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको थियो । तर फण्डको इकाईमा मागभन्दा बढी आवेदन परेपछि फण्डको आकार २५ प्रतिशतले वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ पुर्याइएको थियो ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले रितिपूर्वक आवेदन दिने आवेदकलाई बैशाख २४ गते फण्डको इकाई बाँडफाँड गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १३ असार २०७८, आइतबार  ०८ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।