जीवन विकास लघुवित्तको आइपीओ आवेदक १३ लाख नाघ्यो, १०.८४ गुणा बढी शेयर माग

0
Shares

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आइपीओमा आइतबार बिहानसम्म १३ लाख बढीले आवेदन दिएका छन् ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार बिहान १०ः३० बजेसम्ममा १३ लाख १५ हजार ३१० वटा आवेदन परेको हो ।

उल्लेखित आवेदकबाट २ अर्ब ३९ करोड रुपैयाँ बराबरको २ करोड ३९ हजार कित्ता कित्ता शेयरका माग परेको हो । जुन सर्वसाधारणमा जारी गरिएको शेयरको तुलनामा मागभन्दा १०.८४ गुणा बढी हो । कम्पनीले म्युचुअल फण्ड र कर्मचारीलाई सुरक्षित गरी सर्वसाधारणबाट १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन माग गरेको थियो ।

शुक्रबार साँझसम्म ६ लाख ६ हजार ८४४ जना आवेदकबाट ९४ लाख ७१ हजार २४० कित्ता शेयर खरीदका लागि आवेदन परेको थियो ।

लघुवित्तले असार ११ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले कम्पनीको आईपीओमा असार १५ गते मंगलबारसम्म र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन पाउनेछन् । जसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछन् ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १३ असार २०७८, आइतबार  १२ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।