
नेपाल प्रहरीले १ लाख ९२ हजार ९०० रुपैयाँ सहित ५ जुवाडेलाई पक्राउ गरेको हो छ ।
प्रहरीले मन्थली नगरपालिका–१ घारी खहरे मन्थली बस्ने ३२ वर्षीय चन्द्र बहादुर माझीको घरमा कौडा खेलिरहेको अवस्थामा माझी समेत ५ जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।
माझीको घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला फारी पक्राउ गरिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया