नागरिक लगानी कोषले थप एक अर्ब तीन करोड प्रतिफल प्रदान गर्ने

0
Shares

नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट एक प्रतिशत थप प्रतिफल दिने घोषणा गरेको छ ।

अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ अनुसार २०७७ असार मसान्तसम्मका उक्त कोषमा सहभागीहरूको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने तथा त्यसका लागि एक अर्ब तीन करोड विनियोजन गरिएको कोषले जनाएको छ ।

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरूको खातामा दाखिला भइरहेको तथा उक्त कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा प्रदान गरिने भएको छ ।

एक प्रतिशतको प्रतिफलबाट सहभागीहरूलाई महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण परेको आर्थिक प्रभावलाई केही मात्रामा घटाउन सहयोग पुग्ने विश्वास कोषले व्यक्त गरेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ असार २०७८, मंगलबार  १६ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।