सिभिल बैंकले केहि दिनका लागि आफ्नो एटिएम सेवा बन्द गर्ने भएको छ ।
बैंकले एटिएम स्वीच स्तरोन्नति गर्नुपर्ने कारण देखाउदै असार १६ गते बुधबार साँझ ५ बजेदेखि १८ गते शुक्रबार बिहान ५ बजेसम्मका लागि पूर्ण रुपले बन्द गर्ने भएको हो ।
त्यस पश्चात एटिएम ट्रमिनलहरु पनि क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकाले असार १८ गतेदेखि असार मसान्त सम्म एटिएम ट्रमिनल अवरुद्ध हुनसक्ने बैंकले जनाएको छ ।
बैंकले यस अवधिमा हिमालय बैंकको एटिएम ट्रमिनलहरुबाट नि:शूल्क र अन्य स्वदेशी वित्तीय संस्थाहरुको एटिएमबाट बढीमा चारपटक सम्म नि: शूल्क कारोबार गर्ने सकिने बताएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया