
नेपाल प्रहरीले ६५ हजार रुपैयाँ नगद सहित ६ जना जुवाडे पक्राउ गरेको छ ।
प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका–४ मौवाफाटास्थित ४० वर्षीय तेज बहादुर साउदको पसलमा तास खेलिरहेको अवस्थामा साउद लगायत ६ जनालाई मंगलबार साँझ पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र ३ बुक तास सहित पक्राउ गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया