माछापुच्छ्रे बैंकलाई ३ अर्बको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

0
Shares

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बैंकले असार १६ गते बुधबार प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

बैंकले निष्काशन गर्ने ३० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणमा १२ लाख कित्ता र बाँकी १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । सर्वसाधारणका लागि जारी हुने १२ लाख युनिटमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता डिबेन्चर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले खरीद गर्न पाउनेछन् ।

ऋणपत्रको ब्याज दर ८.५० प्रतिशत कायम गरिएको छ । बैंकले बिक्रीमा ल्याउने ऋणापत्रलाई ‘माछापुच्छ्रे डिबेन्चर २०८७’ नाम दिइएको छ ।
बैंकले बिक्री गर्ने नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा बिक्री गर्न सकिनेछ । यस्तै, बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा ऋण समेत लिन सकिन्छ ।

बैंकले ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेडलाई एक सम्झौता गरी अनुबन्धन गरिसकेको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी (तरलता) अभाव भएपछि बैंकहरुले दीर्घकालीन स्रोत परिचालन गर्ने उदेश्यका साथ पछिल्लो समय ऋणपत्र जारी गर्ने विधि अपनाउन थालेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: १६ असार २०७८, बुधबार  १४ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।