बिहीबार सुन तथा चाँदी दुवैको मूल्य बढ्यो

0
Shares

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाला सुन प्रतितोला ८ सय रुपैयाँ, तेजावी ७५० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९० हजार ८०० रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३१० कायम गरिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५५० रुपैयाँ र चाँदी तोलाको १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेर कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १७ असार २०७८, बिहिबार  ११ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।