
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो अनवरत सेवाको ६३ औं वर्ष पूरा गरी स्थापनाको ६४ औं वर्षमा प्रवेश गरेको छ ।
विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) मा स्थापना भएको निगमले विभिन्न आरोह अवरोहलाई चिर्दै सीमित स्रोत साधनका बीच राष्ट्रिय पहिचान प्रबद्र्धनमा उल्लेखनीय भूमिका निर्र्वाह गरेको छ ।
देशलाई आइपरेका विभिन्न विपत्तिमा उडान सारथी बनेर होस् या भूकम्प र नाकाबन्दीका बेला पु¥याएको गोगदान स्मरणीय छ । निगमले अहिलेको कोभिड–१९ महामारीका सन्दर्भमा पनि मेडिकल चार्टर्ड उडान, उद्धार उडानलगायतका सेवालाई निरन्तरता दिएको छ ।
निगम स्थापना दिवका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी आफूले पु¥याउनुपर्ने सेवा प्रदान गरी राष्ट्रिय पहिचान अभिवृद्धि गर्न निगमले उल्लेखनिय भूमिका निर्बाह गरेको बताउनुभएको छ ।
साथै उहाँले निगमले आफ्नो कार्य सम्पादन र सेवा प्रवाहलाई परम्परागत ढाँचामा सीमित नराखी नयाँ–नयाँ अवधारणासहित भूमिकालाई थप व्यापक बनाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीमा पनि निगमले निर्बाह गरेको सक्रियता र सराहनिय कामलाई भविष्यमा पनि निरन्तरता दिई आफ्नो सेवालाई विश्वसनिय एवम् पारदर्शी बनाई राष्ट्रिय आकांक्षा पूरा गर्न निगम सफल बनोस् भनी शुभेच्छा प्रकट गर्नुभएको छ ।
यस्तै पर्यटनमन्त्री लिलानाथ श्रेष्ठ, पर्यटन सचिव यादवप्रसाद कोइरालाले पनि शुभकामना सन्देश दिँदै निगमको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले निगमलाई व्यवसायिक, पारदर्शी र प्रविधिको उच्चतम उपयोग गर्दै निगमको गौरवशाली साख जोगाउनेतर्फ केन्द्रित भएको उल्लेख गरेका छन् ।
उनले निगमले हवाई बजारमा आफ्नो उपस्थिति दरिलो बनाउने गरी रणनीतिक कार्ययोजना (एकीकृत व्यवसायिक योजना, (२०२१-२०३०) तर्जुमा गरी कार्यान्वयन गर्ने तहमा पुगिसकेको अवस्थामा कोभिड महामारीलाई मात्रै व्यवयासिक उपलब्धिको बाधक बनाइनु हुदैँन भन्नेमा आफूहरु प्रतिबद्धताका साथ लागि परेको बताए ।
निगमसँग हाल भारतका तीन सहित ९ गन्तव्यमा अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारो बडी जहाज छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया