साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से घटेको छ । गत साता मंगलबार र बुधबार दुई दिनमा ५१ अंकले घटेपछि बिहीबार १९ अंकले नेप्से बढेकोमा आइतबार आएर पुनः घटेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ८.४८ अंकले घटेर २८३४.५१ अंकमा झरेको छ । यस्तै ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ०.३३ अंकले घटेर ५२८.४५ बिन्दुमा बन्द भएको छ ।
नेप्से सूचक घटेपछि आइतबार कारोबार रकम पनि घटेको छ । नेप्से घटेसँगै बिहीबार ६ अर्ब ७० करोडको शेयर कारोबार भएकोमा आइतबार १ अर्ब ६५ करोडले शेयर कारोबार रकम घटेको छ । यसदिन कारोबार रकम ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रूपैयाँ समेटिएको छ । यसदिन कूल २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर ६० हजार १७५ वटा संख्यामा खरिद बिक्री भएको छ ।
आज काराबारमा आएका कूल १३ वटासमूहमध्ये ३ वटा होटल र टुरिजम्, अन्य र म्युचुअल फण्डको सूचक बढेको छ भने बाँकी १० वटा घटेको छ । वित्त र विकास बैंकको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

आइतबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २१ करोड ५६ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । यसैगरी नेपाल टेलिकम १९ करोड, अपर तामाकोशी १६ करोड, हिमालयन डिष्टिलरी र नेशनल हाइड्रोपावर १३ करोड, एनआईसी एशिया बैंक १२ करोड, ज्योति विकास बैंक र एचआईडिसीएलको ११ करोड, युनाइटेड इदिमर्दी र एनएलजी इन्स्ूयोरेन्सको १० करोडको शेयर कारोबारमा आएको छ ।
यसदिन गुडविल डिबेञ्चरको मूल्य सर्किट लेबलमा बढ्दा ओरियन्टल होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । होटलको मूल्य ८.४७ प्रतिशतले बढेको छ । सिइडिबि हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढ्दा नेपाल फाइनान्सको ४ प्रतिशत र लिवर्टी इनर्जी, चन्द्रागिरी हिल्स, नेपाल टेलिकम, हिमालयन डिष्टिलरी र अपर तामाकोशीको शेयरमूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ ।
उता आइतबारको बजारबाट माछापुच्छ्रे डिबेञ्चर २०८५ र एसबिएल डिबेञ्चर २०८२ का लगानीकर्ताले ५ प्रतिशत धेरैले गुमाएका छन् ।
पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, पन्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले ४ प्रतिशत धेरै गुमाएका छन् । रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, खानीखोला हाइड्रोपावर र नेपाल इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशत धेरैले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया