
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ हजार १३२ जनामा कोरोना भाइरस परिक्षण गरेको थियो । जसमा ४ हजार ८७६ जनामा गरिएको पिसिआर परिक्षणमा १ हजार ४२ जना र ३ हजार २५६ जनामा गरिएको एन्टिजेन्ट परिक्षणमा ५६१ जना गरि कुल १ हजार ६०३ जनामा संक्रमणको पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना संक्रमणमुक्त बनेका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया