मनकामना स्मार्टको आईपीओमा सवा १७ लाखले गरे आवेदन, ६२ गुणा बढी शेयर माग

0
Shares

मनकामना स्मार्ट लघुवित्तको साधारण शेयर शेयर निष्काशन भएको चौथो दिन आइतबार बेलुका ५ बजेसम्ममा सबा १७ लाखले आवेदन गरेका छन् ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले उपलब्ध गराएको तथ्यांक अनुसार लघुवित्तको आइपीओमा १७ लाख २५ हजार ६७८ वटा आवेदन परेको छ । उल्लेखित आवेदनबाट २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार ८९० कित्ता शेयर माग भएको छ । जुन सर्वसाधारणबाट माग गरिएको तुलनामा ६२.५२ गुणा बढी हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।

लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत आईपीओ निष्कासन गरेको हो ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओ लगानीकर्तालाई ‘हात्तिको मुखमा जिरा’

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सोमबार (असार २१ गते) सम्म आवेदन गर्न सकिनेछ ।

लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर मनकामना स्मार्ट लघुवित्त बनेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० असार २०७८, आइतबार  १७ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।