
सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई खरिदका लागि आइतबार बेलुका ५ बजेसम्ममा ३० करोडको आवेदन परेको छ ।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले उपलब्ध गराएको तथ्यांक अनुसार फण्डको इकाई खरीदका लागि ४२ हजार ८१५ वटा आवेदन मार्फत ३० करोड ८ लाख १४ हजार ७०० रुपैयाँ बराबरको ३ करोड ८१ हजार ४७० इकाईका लागि माग आवेदन परेको हो ।
सिद्धार्थ क्यापिटलले असार १६ गतेदेखि योजना अन्र्तगत २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्री खुल्ला गरेकोे थियो । अन्तिम दिनसम्ममा ५० प्रतिशतभन्दा
यस योजनमा अंकित मूल्य १० रुपैयाँ दरको इकाइमा खरिदकर्ताले कम्तिमा १०० इकाइका लागि आवेदन दिनु पर्नेछ। बढीमा २० लाख इकाइसम्म आवेदन दिन सकिन्छ।
यो खुलामुखी इकाइ हो। सुरुमा २ करोड थान इकाइ निष्कासन गरिनेछ। निष्कासन गरिएको इकाइ बाँडफाँटपछि खुद सम्पत्ति मूल्यका आधारमा अंकित मूल्यमा दैनिक खुद सम्पत्ति मूल्य गणना गरी त्यसैमा पुनर्खरिद गरिने व्यस्था रहेको छ।
योजनाको सुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १० प्रतिशत इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंकले बिज पूँजीको रुपमा लगानी गर्ने सिद्धार्थ क्यापिटलले जनाएको छ । बाँकीमा सर्वसाधारणले दाबी गर्न पाउने छन् ।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने यो योजना खुलामुखी प्रकृतिको भएकोले यसको इकाई नेप्सेमा सूचीकृत भएर खरिदबिक्री हुँदैन। यस्तै इकाई परिपक्कको अवधि पनि रहँदैन। योजना व्यवस्थापक र कोष प्रवद्र्धक आफैँ वा अन्य संस्थालाई वितरक तोकि खरिद बिक्रीको व्यवस्था हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया