नेरुडे लघुवित्तको डेढ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा

0
Shares

प्राइम कमर्सियल बैंक (PCBL) ले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाको डेढ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले लघुवित्तको १ लाख ५० हजार कित्ता संथापक शेयर न्यूनतम मूल्य ४०० रुपैयाँ तोकेर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी ३५ दिनभित्र आफुले खरी दगर्न चाहेको शेयर संख्या र मूल्य खुलाई बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त समयभित्र संस्थापक शेयरधनीबाट आवेद नआए खुला बजारमा बिक्री खुलाइने लघुवित्तले जनाएको छ ।

लघुवित्तको संस्थापम शेयर न्यूनतम मूल्यमा बिक्री भएमा बैंकले उक्त शेयर बिक्रीबाट ४ करोड ५० लाख रुपैयाँ प्रिमियम प्राप्त गर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।