मेरो माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) को बोनस शेयर नेपाल स्टक एक्चेन्ज (नेप्स) मा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १६.९४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीको २०७७ पुस २८ गते मंगलबार सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो ।

साधारण सभाका लागि कम्पनीले २०७७ पुस १७ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार २०७७ पुस १६ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले उक्त बोनस शेयर पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार  १४ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।