एक सय ६९ केजी गाँजासहित भारतीय पक्राउ

0
Shares

 

प्रहरीले एक सय ६९ किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

हेटौंडा–१५ रातोमाटेस्थित चेकपोष्ट नजिक प्रहरीले आज बिहान जाँच गर्दा बिआर–१ जिजी ९४९५ नम्बरको भारतीय गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार गाँजासहित पक्राउ परेका दुई भारतीय तथा गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ ।

पक्राउ पर्नेमा उक्त गाडीका चालक भारत मोतीहारीका ३० वर्षीय रवीन्द्र राय र सहचालक सोही ठाउँका ३१ वर्षीय मुक्तार सैफिक छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार  १९ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।