जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाडी जाँचका क्रममा प्रतिबन्धित ४० किलो लागुऔषध गाँजासहित कन्टेनर र त्यसमा संलग्न एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा कन्टेनरका सहचालक नुवाकोटको बेलकोटगढी नगरपालिका– ४ का १९ वर्षीय दिपक गुरुङ रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरीतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ३०४१ नम्बरको कन्टेनरलाई प्रहरीले जाँच गर्दा सो कन्टेनरमा लुकाइछिपाइ ल्याइएको ४० किलो गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
कन्टेनर चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ । प्रहरीले बरामद भएको गाँजा र कन्टेनर तथा सहचालक गुरुङलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रिमालले बताए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया