नबिल बैंकको बेच्यो स्वावलम्बन लघुवित्तको ५४ हजार कित्ता संस्थापक शेयर

0
Shares

नबिल बैंक लिमिटेड (NABIL) ले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक शेयरमध्ये ५४ हजार १०० कित्ता शेयर बिक्री भएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ९० हजार ६५३ कित्ता शेयर असार ६ गतेदेखि १७ गतेसम्म र असार १८ गतेदेखि २९ गतेसम्म गरी दुई चरणको लिलामी मार्फत उक्त शेयर बिक्री गरेको हो ।

पहिलो चरणको लिलामीबाट १ हजार कित्ता मात्र शेयर बिक्री गरेको बैंकले दोस्रो चरणको लिलामीमा ५३ हजार १०० कित्ता शेयर बिक्री गरेको हो । पहिलो लिलामीमा प्रतिकित्ता ७५० रुपैयाँ तोकेर लिलामीमा ल्याएको बैंकले दोस्रो चरणमा ५० रुपैयाँ घटाएर शेयर बिक्रीमा ल्याएको थियो ।

बैंकका स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता शेयरमध्ये अब बैंकसँग १ लाख ३६ हजार ५५३ कित्ता शेयर बिक्री गर्न बाँकी रहेको छ ।

उक्त बिक्री भएको शेयरबाट बैंकले ३ करोड २५ लाख बढी प्रिमियम संकलन गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ असार २०७८, बिहीबार  ०९ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।