लक्ष्मी बैंकको दुई अर्बको ऋणपत्रमा आवेदन दिन समय लम्बियो

0
Shares

लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेदेखि निष्काशन गरेको २ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमा आवेदन दिने समय ढिलो मितिसम्म लम्बिएको छ ।

बैंकले छिटोमा असार ३१ गतेसम्म जारी गरकोमा यस समयभित्र निष्काशित सबै इकाई खरीदका लागि माग नपरेपछि समय ढिलो मितितर्फ धकेलिएको हो ।

अब लगानीकर्ताले ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन पाउनेछन् । यद्यपी सोभन्दा अगावै निष्काशित सबै इकाईको खरीद माग परेमा भने सार्वजनिक सूचना मार्फ सार्वजनिक निष्काशन बन्द हुन सक्नेछ ।

ऋणपत्रमा सिडिएससीको मेरो शेयर एप तथा वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिन्छ । आवेदन पेश गर्दा न्यूनतम २५ कित्ता र अधिकमत १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।

बैंकले दश वर्ष अवधीका लागि ८.५ प्रतिशत व्याजदरमा ल्क्ष्मी बैंक डिबेन्चर २०८८ निष्कासन तथा बिक्री खुला गरेको हो । बैंकले दीर्घकालीन कर्जा लगानीको स्रोत जुटाउन वार्षिक ८.५० प्रतिशतको आकर्षक ब्याजदरमा ऋणपत्र बिक्री गरेको हो ।

बैंकले प्रति इकाई १ हजार रुपैयाँ अंकित दरमा कुल २० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ । कूल निष्काशित ऋणपत्रमध्ये ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको छ भने एक अर्ब २० करोड बराबरको १२ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट अन्य संस्थाहरुलाई बिक्री गर्नेछ ।

ऋणपत्र बिक्री गर्न बैंकले नेपाल धितोपत्र बोर्डबाट असार १५ गते मंगलबार अनुमति पाएको थियो । ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

ऋणपत्रले इक्रा नेपालबाट मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर त्रिपल बी प्लस’ रेटिङ्ग पाएको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ असार २०७८, बिहीबार  ०९ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।