नेप्सेमा ५० अर्बको विकास ऋणपत्र सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार ५० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार छ वर्ष अवधिको २०८४ च र २०८३ ग, सात वर्ष अवधिको २०८४ ङ, आठ वर्ष अवधिको २०८५ घ र २०८५ ङ विकास ऋणपत्र सूचीकृत भएका हुन् ।

धितोपत्र सूचिकरण विनियमावली २०७५ अनुसार उक्त पाँच वटा विकास ऋणपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ । पाँच वटै विकास ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याजदर प्राप्त गर्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३१ असार २०७८, बिहीबार  १७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।