उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप

0
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ ।

कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा साउन १ गतेबाट १० गतेसम्मका लागि निषेधाज्ञा लागि लम्ब्याइएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयले साउन १ गतेदेखि लागू हुने गरी निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

स्वास्थ्य मापदण्ड अपनाउदै अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिने बिहीबार जारी आदेशमा उल्लेख गरिएको छ ।

साउन १ गतेदेखि भने बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने भएको छ । यसअघि असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३१ असार २०७८, बिहीबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।