चालु आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थीर

0
Shares

चालु आर्थिक वर्षको पहिलो दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर बनेको छ ।

साउन पहिलो दिन अर्थात साउने संक्रातीको दिन सुनचाँदीको मूल्य स्थीर बनेको हो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३२० रुपैयाँ कायम गरिएको छ ।

सुनचाँदीको कारोबार बिहीबार पनि सोही मूल्यमा भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ साउन २०७८, शुक्रबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।