नेपाल चेम्बर अफ कमर्सको निर्यात प्रवद्र्धन समिति गठन

0
Shares

नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवद्र्धन समिति गठनलाई पूर्णता दिएको छ ।

नेपाल चेम्बर अफ कमर्स कार्य समिति सदस्य सुरेन्द्र भाई शाक्यको सभापतित्वमा गठित निर्यात प्रवद्र्धन समितिमा मनोनित भएका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मनोनयन पत्र प्रदान गरेका हुन् ।

उक्त समितिको सल्लाहकारमा शरद विक्रम राणा, सह सभापतिमा बिनोद मल्ल, सह सभापतिमा जीवन रत्न शाक्य तथा सदस्यहरुमा क्रमशः रविन्द्र शाक्य, महेश्वर श्रेष्ठ, रेशम बहादुर पोखरेल, सुषमा शर्मा तथा मीलन विर मालाकार मनोनित भएका छन् ।

चेम्बर अध्यक्ष मल्लले नव मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै निर्यात प्रवद्र्धन क्षेत्रमा चेम्बरले गरिने पहलको लागि उल्लेखनिय भूमिका निर्वाह हुने अपेक्षा गरे ।

समितिमा निर्यात प्रवद्र्धन क्षेत्रमा लामो अनुभव हासिल गरेकाहरुको प्रतिनिधित्व भएकोले निर्यात प्रवद्र्धन क्षेत्रमा टेवा पुग्ने उनको भनाई थियो ।
अध्यक्ष मल्लले समितिका पदाधिकारी तथा सदस्यहरुको कार्यकालको सफलताको समेत कामना गरे ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १ साउन २०७८, शुक्रबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।