मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ ।
यससँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगायतका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटल नागपोखरी मार्फत हुनेछ ।
मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर निष्काशन गरेर असार २८ गते बाँडफाँड गरेको छ ।
कम्पनीको धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्न बाँकी रहेको छ । नेप्सेले पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको ओपनिङ्ग कारोबार रेञ्ज तोक्ने गरेको छ ।
अघिल्लो आर्थिक वर्ष ०७६।७७ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११०.८४ रुपैयाँ रहेको छ । पछिल्लो परिस्कृत वित्तीय विवरण अनुसार पहिलो कारोबारका लागि कम्पनीलाई प्रतिकित्ता ११०.८४ देखि ३३२.५२ रुपैयाँसम्मको मूल्य रेञ्ज पाउनेछ ।
आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीले २ करोड ९६ लाख ७६ हजार खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ६.८५ रुपैयाँ कायम गरेको छ ।
आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया